जनकपुरमा सरकारविरुद्ध प्रदर्शन, दुर्गा प्रसाईं रिहाइको माग
३१ चैत्र, २०८१, आइतवार
- ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।
जनकपुर, ३१ चैत । जनकपुरधाममा नेपाल सरकारविरुद्ध विरोध प्रदर्शन गरिएको छ । गत चैत्र १५ गत्ते काठमाडौंको तीनकुनेमा घटेको घटनामा सरकार स्वयम जिम्मेवार रहेको आरोप लगाउँदै जनकपुरधाममा सरकारकविरुद्ध विरोध प्रदर्शन एवम जुलुस निकालिएको हो ।
आइतवार नेपाल राष्ट्रवादी नागरिक समाज, धनुषाले जनकपुरधाममा सरकारविरुद्ध नारा लगाउँदै जुलुस निकालेको छ । उनीहरुले ‘नेपाल सरकार मुर्दावाद’, ‘केपी चोर देश छोड’, ‘देउवा चोर देश छोड’, ‘प्रचण्ड चोर देश छोड’, ‘दुर्गा प्रसाईंलाई रिहा गर’, ‘हिन्दू राष्ट्र कायम गर’लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका छन् ।
तीनकुने घटनामा सरकारले स्वयम दमन गरेर अश्रु ग्यास प्रहार गर्न लगाएको आरोप समाजका अध्यक्ष प्रकाशजंग राणाले लगाएका छन् । उनले राष्ट्रवादी नेताहरुलाई झुठा आरोप लगाउँदै मुद्दा चलाएर सरकारले जेल हालेको गलत रहेको बताएका छन् ।
पञ्चायतकालमा पनि यती धेरै अत्याचार नहुने गरेको भन्दै अध्यक्ष राणाले नेपाल सरकारलाई हाल थुनामा रहेका राष्ट्रवादी नेताहरुलाई तत्काल रिहा नगरे निरन्तर विरोध गर्ने चेतावनीसमेत दिए ।
जनकपुरधामको जनक चोकबाट राष्ट्रिय झण्डासहित निकालिएको जुलुसमा पाँचसय बढीको सहभागिता रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’